विमल पोखरेल
डा.नन्दु पाठकको फेसवुक पेजमा उनकाे फोटोकाे कमेन्ट बक्समा माया बस्यालले यस्तो लेखेकी छन् :
नमस्कार सर हजुरको नाम सुनेर खुसि लाग्छ। दुई घन्टा लाइनमा बसेर भित्र जादा दुई मिनेट पनि समय नपाउँदा दु: ख लाग्छ ।राेगि लाई हल्का समय दिनु। धन्यवाद ।
यो कमेन्टले प्रष्ट बुझाउछ, नन्दु अौषधीको नाम लेख्न यति हतार गर्छन परामर्श दिनका लागि फुर्सद छैन ।
डाक्टरहरुसित सम्बन्धित एउटा भनाइ छ, एक जना व्यक्ति कहिल्यै पनि खराब डाक्टर हुनुहुँदैन । नन्दु पाठक बुटवलमा लोकप्रिय डाक्टर मानिन्छन् । उनी लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत छन् । त्यसबाहेक बुटवल अस्पताल प्रा.लि.मा अधिकांश समय विरामी जाँच गर्दछन् । उनले अञ्चल अस्पतालमा विरामी जाँच गर्ने कुरालाई कति ध्यान दिन्छन्, त्यो उनको कुरा हो । तर विरामीलाई के विश्वास छ भने उनले बुटवल अस्पताल प्रालिमा जाँचे भने राम्रोसित जाँच्छन् र रोग निको पारिदिन्छन् ।
उनले अचम्मैसित विरामी जाँच्ने गर्छन् । एक दिनमा झण्डै २ सय विरामी जाँच्न भ्याउँछन् । अञ्चल अस्पतालमा उनको भागमा ५० जना विरामी परे भने बुटवल अस्पतालमा विहान र साँझ झण्डै डेढ सय । बुटवल अस्पताल प्रालिमा दिउसो ३ बजेबाट विरामी जाँच्न सुरु गरेका उनले राती १० बजेसम्म पनि जाँचिरहेका हुन्छन् । अर्थात् निरन्तर ७ घण्टासम्म । कहिलेकाहीं त ११ बजेसम्म पनि । त्यसबाहेक बुटवल अस्पताल प्रालिमा विहानको जाँच र अञ्चल अस्पतालमा गरिने जाँच पनि छ । राउण्डमा पनि जान्छन् । एउटा डाक्टरले निरन्तर ७ घण्टासम्म विरामी जाँच्दा उसले दिने सेवा निश्चय पनि गुणस्तरीय हुँदैन । तर उनले त्यही गरिरहेका छन् । उनले आफूले दिने सेवा कत्तिको गुणस्तरीय छ भन्ने ठान्छन्, त्यो उनको कुरा हो । तर यो सब डाक्टरहरुले पालन गर्नुपर्ने नियमभित्र पर्छ कि पर्दैन ? डाक्टरले एउटा विरामीलाई कति समय दिनुपर्छ ? भन्ने कुराको उनले कहिल्यै ख्याल गरेनन् होला सायद ।
नेपाल चिकित्सक संघले हप्तामा १ दिन अनिवार्य विदा लिनैपर्ने नियम बनाएको छ । त्यो अझै कार्यान्वयनमा ल्याउन सकेको छैन । नन्दु पाठकजस्ता डाक्टरलाई लगाम लगाउन त्यो नियम बनाइएको हो । संघले धेरै डाक्टरहरु आफै मानसिक, मधुमेह, उच्च रक्तचापजस्ता रोगहरुले च्यापेको निष्कर्ष निकालेको हो । नन्दु पाठक आफै पनि विरामी होलान् सायद ।
विरामी र नन्दु पाठकको सम्बन्ध भनेको व्यापारी र ग्राहकको जस्तो छ । कुनै ग्राहक व्यापारीकोमा आउँछ, सामान किन्छ र घर जान्छ । उसले बेचेको सामानप्रति व्यापारीलाई जवाफदेही हुनुपर्दैन । डाक्टर नन्दु पाठकले ५ सय रुपैयाँ लिएर विरामी जाँच्छन् । एउटा विरामीको ५ सयको दरले २ सय विरामीको १ लाख रुपैयाँ कमाउँछन् । उनलाई १ दिनमै १ लाख किन कमाउनुपर्छ ? यो उनको कमाइ होइन, लुट हो । उनले एक जना विरामीलाई सरदर ३ मिनेटको समय दिन्छन् । के ३ मिनेटमा विरामीको रोगबारे जानकारी लिएर उसलाई उपचार गर्न सम्भव छ ? उनको टेबलमा जति विरामी जान्छन्, सबैलाई उपचार गरेर पठाइदिन्छन् । जसरी कुनै व्यापारीले आफूसित नभएको सामान पनि अन्य पसलबाट ल्याएर भए पनि बेच्छ, त्यसैगरी नन्दु पाठकले पनि अन्य डाक्टरहरुले जाँच्नुपर्ने विरामीको पनि उपचार पनि आफै गरेर पठाइदिन्छन् ।
जुन औषधिबाट बढी कमिसन आउँछ, त्यही औषधि लेख्ने त डाक्टरहरुको आम प्रवृत्ति नै भइसकेको छ । त्यसबाहेक ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, इन्डोस्कोपी सिफारिस गरेवापत आउने कमिसन त छँदैछ । कत्ति धेरै खान सकेका हुन् ? कमिसन त छोड्दै नछोड्ने । एउटा विरामीबाट लिने ५ सयले नपुगेर फेरि कमिसनको खेलमा पनि सबैभन्दा बढी डाक्टरहरु नै सामेल छन् । व्यापारीहरुले खाने कमिसन डाक्टरहरुले खान थालेपछि देशको स्वास्थ्य सेवा कस्तो हुन्छ ?
बुटवलका डाक्टरहरु लुटमा संलग्न छैनन भने यी प्रश्नको जवाफ दिनैपर्छ । अधिकांश डाक्टरहरुको योग्यता स्नातक वा स्नातकोत्तर हुने गर्छ । उनीहरुले विरामी जाँचे वापत ५ सय रुपैयाँ लिने गर्छन् । तर एउटा ल्याब एसिस्टेन्ट वा टेक्निसियनको योग्यता एसएलसीसरह वा प्रमाणपत्र सरह हो । तर तिनै विचरा एसएलसी सरहका ल्याब एसिस्टेन्टहरुले आफ्नो सिपले गर्ने ल्याब परीक्षणबाट डाक्टरहरुले ४० प्रतिशतसम्म कमिसन लिन्छन् । यसलाई लुट नभनेर के भन्ने त ? यदि डाक्टरहरुलाई कमिसन दिन नपर्ने हो भने अहिलेको ल्याब परीक्षण शुल्क ४० प्रतिशत सस्तो पर्न जान्छ । त्यसबाहेक अल्ट्रासाउण्ड र इन्डोस्कोपी शुल्क पनि सस्तो पर्ने थियो । ल्याब परीक्षण शुल्क पनि यिनै डाक्टरहरुको कारण महंगो भएको छ । डाक्टर साहेबहरु लुट्नुको पनि सीमा हुन्छ । काठमाडौंमा ५ देखि १५ प्रतिशत औषधिमा पाइने छुट बुटलमा किन पाइंदैन । कारण हो, औषधिमा पनि लुट ।
बुटवलका सबै डाक्टरहरु स्वास्थ्य सेवामा भइरहेको उग्र व्यापारीकरणमा सामेल भएका छन् । त्यो उग्र व्यापारीकरण विरामी लुट्ने लुटमा परिणत भएको छ । डाक्टरले गर्ने सेवा लुटमा परिणत भयो भने त्यसलाई के भनिन्छ डाक्टर साहेब ? जवाफ पाउँ । अधिकांश समस्याहरु डाक्टरका कारणले नै सिर्जना भइरहेका छन् ।
बुटवलमै पनि कतिपय डाक्टरहरुले एक दिनमा २५ जना मात्रै विरामी जाँच्ने गर्दछन् । जसले गर्दा उनीहरुले विरामीलाई पर्याप्त समय दिन सकेका छन् । उनीहरुको सेवाको गुणस्तरीयताप्रति विश्वस्त हुने ठाउँ छ । यद्यपि समयले मात्रै सबै कुराको निर्धारण गर्दैन र पनि विरामीले डाक्टरहरुबाट पाउनुपर्ने समय पाउनैपर्छ । यदि पाउँदैन भने त्यो विरामीप्रतिको चरम अन्याय हो । डाक्टर नन्दु पाठकले एक दिनमा २५ जना विरामी जाँचेर गुणस्तरीय सेवा दिने कि विरामीको व्यापार गरेर एक दिनमा एक लाख कमाउने ? नन्दु पाठकको चाहना त एक दिनमा एक लाख नै कमाउने होला । तर नेपाल चिकित्सक संघ र अनुगमन गर्ने कुनै निकाय छ भने गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिएर उचित कदम चालेमा जनताप्रति न्याय हुनेथियो ।
साभार- लुम्बिनी पत्र डटकम
New singer Lakshmi syantenale Nepali music market, she sang her first song, which has been made public. Radha Krishna Dhakal music songwriter continued words of this 'bubble badalule' sang the song voice is full of magic Laxmi.
Home
»
» Unlabelled
» बुटवल का डा नन्दु पाठक र बिरामीको सम्बन्ध भनेको व्यापारी र ग्राहकको जस्तो छ - बिरामी
Subscribe to:
Post Comments (Atom)

0 comments Blogger 0 Facebook
Post a Comment