क्म्वालालम्पुर १७ साउन । मलेसियामा हाल आएको नयाँ सुरक्षाको कानून विवादमा परेको छ । गत एक बर्षभन्दा बढी समयदेखि सरकारी कोषको भ्रष्ट्राचार गरेको आरोपमा राजिनामाको माग भइरहेका प्रधानमन्त्री नाजिब रजाकलाई बढी शक्तिशाली बनाउन यो कानुन कार्यान्वयनमा आएको बताइएको. छ ।
सरकारी कोषमा भीषण भ्रष्ट्राचार गरेको आरोपमा प्रधानमन्त्रीमाथि अनुसन्धान जारी रहेको अवस्थामा यो कानून ल्याइएको छ । प्रधानमन्त्री रजाकले भने आतङ्कबादसँग लड्न यो कानूनको आवश्यक रहेको बताउनुभएको छ ।
सुरक्षासम्बन्धि उक्त नयाँ कानूनले प्रधानमन्त्री रजाकलाई देशको कुनै पनि भू–भागमा सुरक्षाको संवेदनशिल क्षेत्र घोषणा गर्ने अधिकारी दिइएको छ ।
उक्त क्षेत्रका प्रहरीले विना पूर्जीनै व्यक्ति, भवन, गाडी आदीमा खानतलासी गर्न पाउने अधिकार रहेको छ । प्रधानमन्त्री रजाकलाइ बढी शक्तिशाली बनाउनको लागि यो कानून ल्याइएको आलोचकहरुको आलोचना रहेको छ ।
संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले मानवअधिकार उलङघनको लागि यो कानूनले थप शक्ति प्रदान गर्ने दिने चिन्ता व्यक्त गर्नु भएको छ । रासस÷एएफपी

0 comments Blogger 0 Facebook
Post a Comment